काठमाडौं, (नेस) । प्रतिनिधिसभा विघटन गरिएपछि दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरिएको विरुद्ध आइतबार सर्वोच्च अदालतमा पूरक निवेदन दायर गरिएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर गरिएको निवेदनमा प्रधानमन्त्री केपीशर्मा ओलीले गैरसंवैधानिक रूपमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएपछि पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको विरुद्ध पनि यसअघि दायर भएको रिट निवेदन विचाराधीन अवस्थामा छ […]