काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषय टुंग्याउन ढिला गर्न नहुने बताएका छन्।शनिवार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन ढिला गर्न नहुने बताएका हुन्। उनले युद्ध टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको गतिमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।उनले अब उक्त विषय टुंग्याउन ढिला गर्न नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आ