काठमाडौं (अस) । पेय पदार्थ उत्पादक कम्पनी कोका–कोला नेपालले नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा बिक्री सुरु गरेको छ । नयाँ उत्पादन नेपाली उपभोक्ताले क्रिस्प स्पार्कलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्ने कम्पनीले बताएको छ । नयाँ स्वादसँगै फ्यान्टाले नयाँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताको जीवनमा रमाइलो र उत्साह थप्ने उद्देश्यलाई प्रतिविम्बित गरेको कम्पनीको दाबी छ ।
यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो, जसमा डिजिटल भिडियो, प्रिन्ट विज्ञापन र आउट अफ होम आदि समावेश छन् । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नयाँ फ्यान्टा एप्पलले दैनिक जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताले यसलाई मन पराउनेमा आशावादी छौं ।’
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताको बदलिँदो स्वाद र रोजाइअनुसार रिफ्रेस रहिरहन थप विकल्प दिने प्रयासअनुरूप नयाँ उत्पादन बजारमा सार्वजनिक गरिएको बताए । योसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उपलब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।