दुई करोडभन्दा बढीका उपकरण प्रयोगविहीन

जलेश्वर– महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसीयु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख […]

सम्बन्धित सामग्री

ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

३१ भदौ,  फुङ्लिङ ।  ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् ।प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला […]

अस्पतालका उपकरण प्रयोगविहीन

दोलखा सदरमुकाम चरीकोटमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् ।अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले पशु बिरामी पर्दा उपचार गर्न भनेर ल्याइएका उपकरणहरू प्रयोगविहीन बनेका हन् ।

भेटेनरी अस्पतालका उपकरण प्रयोगविहीन

दोलखा सदरमुकाम चरिकोटमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् । अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले उपकरणहरु प्रयोगबिहीन बनेका हुन् ।

दक्ष जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन

बर्दिया । दक्ष जनशक्तिको अभावले बर्दिया अस्पतालमा रहेका करौडौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन बनेका छन् । अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक अक्सिजनसहितको उच्चस्तरीय एच.डी.यु तथा आइ.सी.यु सेवा सञ्चालन हुन सकेका छैनन् । झण्डै साढे दुई करोडको लगानीमा बनेको भवन र उपकरण जनशक्तिको अभावले प्रयोगविहीन बनेका हुन् । बर्दिया अस्पतालमा करौडौँ खर्चेर बनाइएको भवन र खरीद […]

क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका १२ प्रकारका उपकरण प्रयोगविहीन

भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका विभिन्न उपकरणहरु प्रयोग नगरी राखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न १२ प्रकारका उपकरणहरु प्रयोगविहीन अवस्थामा राखिएको उल्लेख छ।

ताप्लेजुङ अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा रहेका कराेडाै‌का स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आईसीयू लगायत अन्य उपकरणहरु केही धुलोले पुरिएका छन् भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् । कोभिड १९ लाई मध्यनजर गरेर आईसीयूसहितको उपचारको लागि जिल्ला अस्पताललाई पाँच वटा बेड सञ्चालन गर्न नेपाल सरकारले अनुदान प्रदान गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले आईसीयू सञ्चालनका लागि एक करोड ८ लाख ६१४ रुपैयाँ अनुदान दिएको थियो । त्यही अनुसार आईसीयूलाई चाहिने उपकरणहरु खरिद गरिएको थियो । त्यह...

स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । ‘लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ,’ स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, ‘जनशक्ति नहुँदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।’ कोभिड–१९ संक्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठामा थन्क्याइएका छन् । ‘चिकित्सकले केही उपकरणमात्रै आंशिक रूपमा सञ्चालन गरेका थिए,’ उनले भने, ‘केही उपकरण दक्ष जनशक्तिकै अभावमा सञ्चालन हुनसकेका छैनन् ।’      दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उपलब्ध गराएका उपकरण प्रयोगमा नआउँदा सेवाग्राहीले महँगो शुल्क तिर्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा क्लिनिकबाट सेवा लिनुपरेको छ । ‘उपकरण थन्क्याएर राख्दा बिग्रने सम्भावनासमेत उत्तिकै छ,’ उनले भने, ‘एक्सरे मेसिन त सञ्चालनमा नआउँदै खिया लाग्न सुरु भइसकेको छ ।’       स्वास्थ्यचौकीलाई उपलब्ध गराएकामध्ये अल्ट्रा साउण्ड मेसिनको मूल्य मात्रै २६ लाख बढी छ । यसैगरी एक्सरे र इसिजी मेसिनसमेत २० लाखभन्दा बढी मूल्यका छन् । लाखौँ रकम खर्च गरेर उपलब्ध गराइएका मेसिन सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताए । ‘जनतालाई सर्वसुलभ र सहज रूपमा सेवा उपलब्ध गराउनुपर्नेमा उल्टै सास्ती दिने कार्य गरेको छ,’ उनले भने, ‘तत्काल स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याउन नगरपालिकाले काम अगाडि बढाउनुपर्छ ।’रासस

बाहिर चिटिक्क, भित्र जनशक्ति शून्य, करोडौँका उपकरण प्रयोगविहीन

जनकपुरधाम : कोरोना महामारीको पहिलो चरणको बेला करोडौं खर्च गरेर जडान गरिएको महोत्तरीको जलेश्वर अस्पतालको उपकरण प्रयोगविहीन बनेका छन्।जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियु सञ्चालनमा ल्याएको छ। प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो। भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले सबै उपकरण प्रयोगविहीन अवस्थामा छन्।प्रदेश सरकारले गतवर्ष कोरोना महामारीको पहिलो लहरकै बेला जलेश्वरस्थित जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रुपमा विकास

कोभिड नियन्त्रणका लागि किनिएका उपकरण प्रयोगविहीन

जलेश्वर, १६ वैशाख: कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका रु दुई करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजार लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इकोलगायतका आइसीयू सेटका उपकरण खरिद गरी ५० […]

जनशक्ति नहुँदा आइसियू र भेन्टिलेटर प्रयोगविहीन

जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर र तीनवटा आइसियू उपकरण प्रयोगविहीन छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई अस्पतालले डडेल्धुरा र कैलाली रेफर गर्ने...