चितवन - रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बन्नुभएको छ ।
उहाँले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परि धेरैपटक मतदान गर्नुभयो । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले नागरिक सधैँ मारमा परिरहेको गुनासो सुनाउनुभयो ।
'हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महशुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्यो', उहाँले भन्नुभय...