शाहकालीन हिउँदे दरबारका रुपमा परिचित पोखराको रत्न मन्दिर यही गणतन्त्र दिवसबाट सर्वसाधारणका लागि खुला गरिँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १५ बाट रत्न मन्दिर खुला गर्ने निर्णय गरेसँगै नेपाल ट्रस्ट र पोखरा महानगरपालिकाले तयारी थालेका छन् ।