कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो ।...
दुई वर्षअघिसम्म कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिर जताततैबाट देखिन्थ्यो । मन्दिरमा पुग्न नसक्ने श्रद्धालुले टाढैबाट भए पनि दर्शन गरिरहेका हुन्थे । चारैतिरबाट मन्दिर चिटिक्क देखिन्थ्यो । तर‚ मन्दिरको आडैमा पाँच तले सरकारी भवन निर्माण भएपछि मन्दिरको शोभा नै हराएको छ । अहिले सदरमुकाम खलंगाको खाल्डोमा मन्दिर डुबेजस्तो देखिएको छ ।