आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो । योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातìव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ ।
पोखरा – तालबाराही मन्दिर पुग्ने भक्तजनले अहिले मुख्य मन्दिरको अवशेष मात्रै देख्न पाउँछन्। भत्काइएको मूल मन्दिरको अवशेष रातो कपडाले छोपेर राखिएको छ। मन्दिर दर्शन गर्न आएका भक्तजन सहायक मन्दिरमा पूजाअर्चना गरेर फर्कन्छन्। प्यागोडाशैलीमा बनेको तालबाराहीको पूरानो मन्दिरलाई भत्काएर २ साताअगाडि नयाँ मन्दिर बनाउन शिलन्यास गरिएको छ। तर, ठेक्का पक्रिया अझै पूरा भएको छैन। आस्थाको धरोहरको […]
फेवातालको बिचमा रहेको प्रसिद्ध ताल वाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्त्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ ।
लेखनाथ : पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए।उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताए। विसं २०७२ को गोरखा भूकम्पकै कारण भुइँतलास
कास्की – पोखरा महानगरपालिका–६ बैदाममा फेवातालको मध्यभागमा रहेकाे प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित एक कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो ।
उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण भूइँतल...
पोखरा – पोखरेली पर्यटनको पर्यायवाची फेवाताल। विशाल फेवातालबीच आश्चर्यलाग्दो थुम्कामा तालबाराही मन्दिर। पोखरा घुम्न आएका अधिकांश डुंगा शयर गर्दै तालबाराही मन्दिर पुग्छन्। प्यागोडाशैलीको त्यही तालबाराही मन्दिरलाई यतिबेला धमाधम भत्काइँदैछ। तालबाराही पुगेका भक्तजनले अहिले दुई तले पुरानो मन्दिरको अवशेष मात्रै दर्शन गर्न पाउँछन्। त्यहाँको मुर्ति सानो मन्दिरमा सारेर दर्शनार्थीलाई पूजा अर्चना गर्ने व्यवस्था मिलाइएको छ। मन्दिर […]
कास्की । पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो ।