सिन्धुली-१ मा कांग्रेसका घिमिरे विजयी

सिन्धुली - सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ। उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप कटुवाललाई पछि पार्दै विजयी हुनु भएको हो । कांग्रेसका घिमिरेले ३० हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको छ भने एमालेका कटुवालले २५ हजार ५ सय ४६ मत प्राप्त गर्नु भएको छ । यस्तै, राप्रपाका शालीग्राम माझीले ९ सय ४०, राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ ।

सम्बन्धित सामग्री

सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेस निर्वाचित

सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन् । राप्रपाका राजेश मगरले ४८० मत पाएका छन् ।

सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेस निर्वाचित

सिन्धुली– सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन् । राप्रपाका राजेश मगरले ४८० मत पाएका छन् ।

सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर १ का प्रदेशमा नेकपा एमालेका प्रदिपकुमार कटुवालसँग काँग्रेसका श्यामकुमार घिमिरेले हार व्यहोर्नुपर्‍यो।...

सिन्धुली-१ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

काठमाडौं :  सिन्धुली–१ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन्।घिमिरेले ३० हजार ३९१ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप कटुवाललाई घिमिरेले ४ हजार ८४५ मतले पराजित गरेका हुन्एमालेका कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन्। २ हजार ६९२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी तेस्रो भइन्। राप्रपाका शालीग्राम माझी ९४० मतका साथ चौथो भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।

सिन्धुली–१ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

सिन्धुली प्रतिनिधिसभा–१ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन् ।

सिन्धुली १ बाट कांग्रेसका श्याम घिमिरे निर्वाचित

सिन्धुली १ बाट नेपाली कांग्रेसका श्याम कुमार घिमिरे निर्वाचित भएका छन् ।

सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

काठमाडौं, कात्तिक २२ । सिन्धुली–१ मा यसपटक प्रमुख दुई राजनीतिक दलको प्रतिस्पर्धा निकै रोचक बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले पुरानै उम्मेदवारलाई दोहर्‍याएका छन्। नेपाली कांग्रेसका श्याम घिमिरेले र नेकपा (एमाले)का प्रदीप कुमार कटुवाल क्षेत्री (केसी)ले २०७४ मा झैं यसपटक पनि प्रतिस्पर्धा गर्दैछन्। त्यतिबेला यी दुई नेताले सिन्धुली १(ख)मा प्रदेश सभाको निर्वाचनका […]

सिन्धुली–१ को भिडन्त : अस्तित्वको लडाइँ भर्सेस विरासत जोगाउने चुनौती

विगत २५ वर्षदेखि सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेले आफ्नो विरासत कायम गर्दै आएको छ । उक्त क्षेत्रमा २०४८ पछिका निर्वाचनमा एमाले एक पटकमात्र हारेको छ । सिन्धुली–१ लाई एमालेले आफ्नो लालकिल्लाको रुपमा परिभाषित गर्दै आएको छ । सो क्षेत्रमा एमाले २०५१ को मध्यावधि चुनावमा मात्र पराजित भएको छ । २०५१ को निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका विपीन कोइरालाले जित हात परेका थिए । कोइरालाले जित हात पार्दा एमालेका शान्तिमान कार्की पराजित भएका थिए ।माओवादीले देशभर दबदबा बनाएको बखत २०

सिन्धुली-१ मा कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए

२६ असोज, सिन्धुली । सिन्धुली-१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले नाम फिर्ता लिएका छन् । सिन्धुली-१ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे उम्मेदवार बनेका छन् । कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी उनले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले नाम फिर्ताका […]

सिन्धुली –१ मा कांग्रेसले श्याम घिमिरेलाई दियो टिकट

सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार बनाएको हो । सिन्धुलीमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी सत्ता गठबन्धनमा क्षेत्र नम्बर –२ भने माओवादीको भागमा परेको छ । क्षेत्र नम्बर–२ मा […]