मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम सुरु हुने

बुटवल– रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ। जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निणर्य गरेको हो। बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको […]

सम्बन्धित सामग्री

मोतीपुर औद्योगिक क्षेत्र विवाद ड्रोनबाट जग्गा नापजाँच

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मङ्गलबारदेखि सुरु भएको छ । औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने र कसैलाई पनि विस्थापित नगर्ने गरी हालै मात्र गृहमन्त्री बालकृष्ण खाणको पहलमा कार्यदल बनेको थियो । सो कार्यदलले विभिन्न चरणका छलफलपछि जग्गा नापचाँजको काम सुरु गरेको कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले जानकारी दिनुुभयो । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो ।