काठमाडौं : नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानुन बनाउने मानिस नगई कानुन भत्काउने मानिसहरू गइरहेको टिप्पणी गरेका छन्।उनले सदनको प्रतिष्ठा बढाउनका लागि कानुन बनाउने मानिस सदनमा पठाउनुपर्ने बताए। उनले सदनमा संगठित अपराधीको संख्या घटाउन आफ्नो उम्मेदवारी परेको बताए। उनले भने, ‘सदनको मर्यादा बढाउनुपर्ने हुन्छ। ३३ वर्षसम्म यहाँ कानुन निर्माता कोही पनि हुनुभएन। सदनको प्रतिष्ठा र सम्मान बढाउन र सदनमा संगठित अपराधीको संख्या घटाउन मेरो उम्मेदवारी हो।