यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो ।दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्