काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जिल्ला निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको छ। आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्रीविरुद्ध उजुरी परेको हो।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले उजुरी दर्ता भएको बताउँदै निर्वाचन आयोगमा लेखी पठाएको बताए।
आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार प्रसारमा सहभागी हुन नहुने व्यवस्था…