काठमाडौं। जसपाको पार्टी आधिकारीकताको विवाद समाानका लागि भएको छलफलमा दुवै पक्ष सहमत नभएपछि अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुनेछ। यो भनेको तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहेको इजलास बन्नेछ। सुनुवाईमा विवादका पक्षले आफ्नो कानून व्यवसायी मुकरर गरी इजलास समक्ष बहस पैरवी गराउन सक्नेछन्।