राष्ट्र उत्थानको आइपीओमा आबेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आबेदन ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा आबेदन दिने आज अन्तिम दिन हो। राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेकोमा माग भन्दा बढी आबेदन परेकाले आजसम्म आबेदन दिन सकिने भएको हो।इच्छुकले न्युनतम १० र अधिकतम १००० कित्तासम्मको लागि आबेदन दिन सक्नेछन। तर माग भन्दा बढी आबेदन परेकाले गोलाप्रथा प्रणालीबाट आइपीओ वितरण हुने भएकाले न्युनतम १० कित्ताको लागि मात्रै आबेदन दिंदा उचित हुन्छ। राष्ट्र उत्थानले निष्काशन गरेको आइपीओमा शुक्रबार ५ बजेसम्म झन्डै ३१ गुणा बढीले आबेदन परेको छ। सिडीएससीकाअनुसार शुक्रबार बेलुका ५ बजेसम्म २० लाख ६७ हजार ४४३ जना आवेदकबाट २ करोड ४१ लाख ६८ हजार ६४० कित्ताको लागि आबेदन परेको छ। जबकी राष्ट्र उत्थानले निष्कासन गरेको ८ लाख ५० हजार कित्ता मध्ये सर्वसाधारणको ७ लाख ९४ हजार ५०० कित्ता छुट्याएको थियो। ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।

सम्बन्धित सामग्री

अर्थतन्त्र विकासमा रोगी मुलुक

चालू आर्थिक वर्षको आज अन्तिम दिन हो । यस वर्ष चालू खर्च सर्वाधिक ८५ प्रतिशत हाराहारी र पुँजीगत खर्च ६० प्रतिशतजति खर्च भएको छ । अन्तिम नतिजा भोलि–पर्सि सार्वजनिक हुनेछ । खर्चभन्दा आम्दानी ४ खर्ब कम छ । दक्षिण एसियाका धेरै राष्ट्र संकटमा छन् अहिले, आर्थिक समस्या मूल चुनौतीको विषय बनेको छ । समग्रमा शिक्षा, […]

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद भर्ने आज फागुन १३ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले यस अघि हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको थियो । थपिएको अवधि अनुसार हकप्रदमा आवेदन दिने आज अन्तिम हो । कम्पनीले  माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन्। कर्पोरेटले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्। कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।

एचआईडिसीएल लिलामीको शेयरमा आवेदन दिने आज अन्तिम दिन. यि हुन् संकलन केन्द्र

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज असोज १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि लिलाम बढाबढमा सेयर बिक्रि खुला गरेको हो। कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भईरहेको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो।शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ। ग्लोबल आईएमई बैंकको शाखाहरु बिर्तामोड, हनुमान दास रोड, जनकपुर, आदर्शनगर बिरगंज, हेटौडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, शुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । , आवेदन दिंदा सर्बसाधारणको हकमा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । त्यस्तै संस्थापक शेयरको हकमा  न्युनतम १ करोड कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ।एचआईडिसीएल ले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको हो। साउन ५ गतेदेखि साउन २५,२०७८ सम्म हकप्रदमा आवेदन दिन सकिने थियो तर उक्त मितिसम्म पनि पर्याप्त आबेदन नपरे पश्चात एचआईडिसीएलले अहिले नपरेका अर्थात बिक्रि नभएका संस्थापक र सर्वसाधारण समुह तर्फको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।