काठमाडौं : जिल्ला अदालत नवलपुरले पल (पूर्णविक्रम) शाहलाई पूर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। नाबालिगलाई बलात्कारको आरोप लागेका शाहलाई अदालतले तनहुँ कारागारमा राख्न आज आदेश दिएको हो।नवलपुर अदालतले पनि जिल्ला अदालत तनहुँकै आदेश दोहोर्याएको छ। न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। नवलपुर अदालतबाट तनहुँ कारागार नै लैजाने आदेश भएको प्रवक्ता एवं तहसिलदार लालबहादुर क्षेत्रीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अदालतल