नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ । बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए । डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।भारतमा पनि कोरोन