काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण उच्च गतिमा बढेकाले जटिल अवस्था सृजना भएको बताएका छन् । मन्त्री त्रिपाठीले कोरोना संक्रमण बढ्ने ट्रेन्ड जारी रहेकोले जटिल अवस्था सृजना भएको बताए । मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दर उच्च रहेकोले नेपालमा संक्रमण उच्च बिन्दुमा पुग्ने क्रम जारी रहेको सुनाए । यसअघि सरकारले असार सम्ममा दैनिक ११ हजार कोरोना