‘अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन’

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग राखेर शिक्षकहरु आन्दोलित छन् […]

सम्बन्धित सामग्री

शिक्षक तालिम र प्रतिफल

शिक्षाको मन्दिर विद्यालय हो । सो मन्दिरका पुजारी शिक्षक हुन् । शिक्षक योग्य, दक्ष र शिल्पी हुनु पर्छ भन्ने मान्यता राखिन्छ । शिक्षक योग्य र दक्ष हुनलाई शिक्षक स्वयम्को पढाइ, लेखाइ र तालिम अत्यन्तै जरुरी मानिन्छ । नेपालमा शिक्षक तालिमको इतिहास केलाउँदा विसं २००४ सालमा आधार शिक्षक तालिम केन्द्रको स्थापना भएको देखिन्छ । विसं २०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना तथा विसं २०१४ सालमा शिक्षक तालिमका लागि शिक्षा महाविद्यालयको स्थापना भएको थियो ।

विद्यार्थीको पठन-पाठन ठप्प हुनु अस्वाभाविक : लोसपा

५ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति निकालेर दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् । ‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको […]

‘राजनीतिक परिस्थिति परिवर्तनको सम्भावना छ’

‘निर्वाचनपछि एउटा हुनु नपर्ने कुरा भएको छ,’ नेपाल शिक्षक संघको सुर्खेतको शनिबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यो परिस्थितिलाई सुधार्न सकिन्छ, निर्वाचनमा जनतालाई दिएको बचनअनुसार लिएर जान सकिन्छ।’...

मावि तहमा २४ हजार ३ सय ८४ शिक्षक अपुग

विद्यालय तहमा मावि तहमा विषयगत शिक्षक अपुग हुनु र अन्य तहमा दरबन्दी मिलान गर्न नसक्नुले सरकारी शिक्षामा गुणस्तर कायम हुन नसकेको उक्त प्रतिवेदनको निष्कर्ष छ।...

मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको […]

विद्यार्थी कहिल्यै फेल हुँदैनन्, बरु शिक्षक र सिकाइ विधि फेल हुन्छन्

लौ बर्बाद भयो, विद्यार्थी फेल भए । यसो भन्नु हाम्रो शैक्षिक प्रणालीको सबैभन्दा ठूलो भूल हो । सबैभन्दा ठूलो भ्रम हो । सबैभन्दा ठूलो लाचारी हो । खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु भनेको शिक्षक फेल हुनु हो, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । कुनै विद्यार्थीले परीक्षामा किन प्रश्नको […]

तलब सरकारको, कामचाहिँ दलको!

कोरोना महामारीका कारण दुई वर्षदेखि थला परेको विद्यालय शिक्षा मंसिर पहिलो सातादेखि बल्लबल्ल तंग्रिन लागेको समयमा शिक्षा ऐन र राजनीतिक दलसम्बन्धी ऐनको उपहास हुनेगरी शिक्षक,प्राध्यापक महाधिवेशन प्रतिनिधि चयन हुनु विडम्बना हो।...

शिक्षक कर्मचारीलाई राजनीति गर्न रोक

निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । प्रमुख राजनीतिक दलहरूको विभिन्न तहमा अधिवेशनहरू भइरहेको र त्यसमा सरकारी सेवामा रहेका कर्मचारी, शिक्षक र प्राध्यापकहरू निर्वाचित भइरहेको अवस्थामा आयोगले यस्तो चेतावनी दिएको हो । कानूनी प्रावधानहरू मिचेर तथा पेशागत संगठनका नाममा सरकारी सेवामा रहेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुँदै आएका छन् । यसरी सरकारी सेवामा बसेर राजनीतिमा लाग्दा सरकारी सेवा प्रवाह प्रभावित हुने गरेको छ । सरकारी सेवामा रहेका व्यक्तिहरूले राजनीतिक दलका आडमा सेवा प्रवाहमै असर पारिरहेको र यही कारण राजनीतिक दलहरूमा विकृतिले प्रवेश पाइरहेको अवस्थामा आयोगबाट यस्तो चेतावनी आउनु निकै सकारात्मक रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेको छ । यस्ता व्यक्तिहरूलाई राजनीति दलको सदस्य हुन पनि कानूनले रोक लगाएको छ । त्यसैगरी उनीहरूले राजनीति गर्न नपाउने व्यवस्था पनि कानूनहरूमा रहेको पाइन्छ । तर, यी प्रावधानहरू मिचेर तथा पेशागत संगठनका नाममा सरकारी सेवामा रहेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुँदै आएका छन् । यस्ता कर्मचारीहरूले विभिन्न तहका निर्वाचनमा राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नु परे मात्र राजीनामा दिने गरेको पाइन्छ । यसरी सरकारी सेवामा बसेर राजनीतिमा लाग्दा सरकारी सेवा प्रवाह प्रभावित हुने गरेको छ । सरकारी विद्यालयको कमजोर गुणस्तर हुनुको कारण नै त्यहाँ कार्यरत शिक्षकहरू पेशागत संगठनका नाममा राजनीतिक दलहरूको कार्यकर्ता वा नेता बन्नु हो । दलहरूले पनि यस्ता व्यक्तिहरूलाई नै विभिन्न नियुक्तिमा प्राथमिकता दिने गरेको पाइन्छ । दलहरूले आफूलाई बलियो बनाउन पेशागत संगठनहरूलाई समेत भ्रातृ संगठन बनाउने गरेको पाइन्छ । यसो गर्दा यस्ता कर्मचारी शिक्षक तथा प्राध्यापकले कामै नगर्ने र हाकीमहरूले पनि उनीहरूलाई कुनै कारबाही गर्न नसक्ने अवस्था छ । कुनै हाकीमले यसो गर्न आँटे उल्टै राजनीतिक दलको आडमा धम्की दिने समेत गरेको पाइन्छ । यो विकृति रोक्नका लागि नै विभिन्न ऐन कानूनले सरकारी कर्मचारीलाई राजनीति गर्न र दलहरूको सदस्यता लिन रोक लगाएको हो । यस्तो कानूनी प्रावधान छलेर राजनीतिक दलमा लागेका व्यक्तिहरूलो रोक्न निर्वाचन आयोगले देखाएको सक्रियता उपयुक्त छ । यसको परिणाम राम्रो हुन्छ । यसमा आयोग कडासँग लाग्नुपर्छ । वास्तवमा शिक्षक, विद्यार्थी, कर्मचारी कसैको पनि संगठन राजनीतिक दलको भ्रातृ संगठनका रूपमा हुन दिनु हुँदैन । आयोगले राजनीतिक दलहरूलाई यसबारे पनि स्पष्ट चेतावनी दिन सक्नुपर्छ । सर्वसाधारण नागरिकले पनि यस्तो गर्ने राजनीतिक दलको विरोध गर्नुपछ । साँच्चै भन्ने हो भने सरकारी जागीर खाने शिक्षक र कर्मचारीको संगठन नै हुनु हँदैन । विद्यार्थी संगठन पनि आवश्यक छैन । विद्यार्थी हकहितका लागि विद्यार्थी कल्याण समिति आदि बनाउन सकिन्छ । तर, भ्रातृ संगठन बनाउनु अनुचित नै हो । सरकारी कर्मचारीको संगठन त कुनै पनि हालतमा बनाउन दिनु हुुँदैन । सरकारी जागीर खाने शिक्षकहरूको संगठन पनि अनावश्यक छ किनभने उनीहरूको सेवा पूर्ण सुरक्षित छ । बरु निजीक्षेत्रमा काम गर्नेहरूको संगठन हुन सक्छ । कानूनले मात्रै व्यवस्था गरेर हुँदैन, अभियान नै चलाउनुपर्छ । यसो गर्न सके प्रशासन र शिक्षा र राजनीतिमा केही सुधार हुन्छ । यसका लागि इच्छाशक्ति चाहिन्छ तर केही समय भने लाग्छ । पञ्चायती शासनका बेलामा राजनीतिक चेतना फैलाउने जोगाउने काम यी संगठनले गरेका थिए । यसको पक्ष सकारात्मक भए पनि अहिले आएर यी समस्या बनेका छन् । अहिले राजनीतिक दलको शुद्धीकरणको आवश्यकता छ । यो एउटा कदम हो तर यतिले मात्रै पुग्दैन ।

बालुवाटारबाट ७० शिक्षक शिक्षिका पक्राउ

प्रधानमन्त्री निवाश बालुवाटारमा धर्नाका लागि गएका ७० जनाभन्दा बढि शिक्षक शिक्षिका पक्राउ परेका छन्। बिभिन्न माग सहित नेपाल शिक्षक महासंघले गरेको धर्नाका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।  धर्ना सुरु हुनु...

करेन्ट लागेर दुई शिक्षक गम्भीर घाइते

तनहुँमा आइतबार दिउँसो ४ः ३० बजे करेन्ट लागेर मोटरसाइकलमा सवार दुई शिक्षक गम्भीर घाइते हुनु भएको छ । घिरिङ गाउँपालिका –२ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू घाइते हुनु भएको हो ।