काठमाडौं : सरकारले विश्व बैंकबाट झण्डै ३५ अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेको छ। भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ सय ७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।यो ऋण रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने जनाइएको छ। बैठकले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मि