स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए

काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन्। आज बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो। सिरहाका निरञ्जन कुमार सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू…

सम्बन्धित सामग्री

चकलेटको प्याकेटमा लुकाएर ल्याएको ५० ग्राम सुनसहित युवक पक्राउ

कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पक्राउ परेका छन् । सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट भन्सार कार्यालयले सिक्रीको आकारमा ल्याएको ५० ग्राम सुन बरामद गरेको छ । भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै

दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ

काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।जजिरा एयरलाइन्सको उडानबाट शर्मा काठमाडौं ओर्लिएका हुन् । विमानस्थल भन्सार कार्यालयले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।