धनकुटामा जसपा र एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा

१० वैशाख, धनकुटा । सत्तारुढ गठबन्धनको केन्द्रले मुख्य मुख्य स्थानमा चुनावी तालमेलका लागि भागबण्डा मिलाए पनि धनकुटामा भागबण्डा मिल्न सकेको छैन । पालिकाको भागबण्डा मिल्न नसकेपछि जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा छन् । जसपा र एकीकृत समाजवादीले सम्मानजनक स्थान नपाए आफूहरुको प्रभाव रहेको ठाउँमा एक्लै वा दुई पार्टीको मात्र गठबन्धन […]

सम्बन्धित सामग्री

मन्त्रीका आकांक्षी बढेपछि एकीकृत समाजवादी र जसपामा चुलियो विवाद

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन चाहिरहेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भनेका छन्, ‘हामीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने केही भएको छैन । भएको भए पो भन्

जसपा पनि मन्त्री हेरफेरको तयारीमा

जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको बताइन्छ । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बतायो । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन

नेकपा एकीकृत समाजवादी र जसपामा क–कसले उचाल्दैछन् मन्त्री बन्न खुट्टा ?

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतामाथि पार्टीभित्रैबाट मन्त्रीहरु हेरफेर गर्नुपर्ने चर्को दबाब परेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्रीहरु पठाउने सवालमा आकांक्षीहरु धेरै देखिँदा दुवै पार्टीका शीर्ष नेताहरुले ६÷६ महिनामा मन्त्री फेर्ने र अवसर दिने आश्वासन दिएका थिए ।सोही आश्वासनअनुसार अहिले सांसदहरुले मन्त्री बनाउन शीर्ष नेतालाई दबाब दिन सुरु गरेका हुन् । ६ महिनामा मन्त्री फेर्ने र अवसर दिने नेतृत्वको आश्वासन ९ महिना बित्

६९२ पालिकाको मतपरिणाम आउँदा कांग्रेस ३०६ ठाउँमा विजयी, एकीकृत समाजवादी पाँचौं

जनता समाजवादी पार्टी (जसपा)ले २४ पालिका प्रमुख र २६ उप–प्रमुख आफ्नो पक्षमा पार्दा नेकपा (एकीकृत समाजवादी)ले १७ पालिका प्रमुख र २१ उप–प्रमुखमा चित्त बुझाएको छ ।

गोलबजारमा जसपा र नेकपा एसबीच चुनावी तालमेल

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ ।एकीकृत समाजवादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदवार नरहेकोले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो । जसपाका नगर अध्यक्ष हरी नारायण यादब र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा एकीकृत समाजवादीले जसपालाई सहयोग गर्ने जनाइएको छ ।

हेटौंडामा गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

हेटौंडा : हेटौंडा उपमानगरपालिकामा ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ। हेटौंडाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसँगै हेटौंडामा गठबन्धन भत्किएको हो। गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिना लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बाँनियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।माधवकुमार नेपाल नेतृत्वको समाजवादीको सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकले समाजवादीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए।प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। यसअघि प्रदेशसभामा ५ दल थिए। अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत) समाजवादी र जसपा नेपाल विभाजित भए