काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेड हकप्रद शेयर निष्कासन गर्दै छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १ बराबर शून्य दशमलव ५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले बैंक ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको जानकारी दिएको छ ।
अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै छ ।