काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चुनेको संसद् र संसद्ले चुनेका प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्न भारतमा लबिङ भएको बताउनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्। उनले शुक्रबार राजधानीमा नेपाल प्राज्ञिक परिषद्द्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै भने- ‘जनताले चुनेको संसद र संसद्ले चुनेका प्रधानमन्त्रीले त्यसो भन्नु राष्ट्रिय लज्जाको विषय हो। हामी स्वीकार गर्न सक्दैनौँ।’ […]