प्रधानमन्त्रीको विदेश भ्रमणबारे ओली : नेपाल सुनिएन, बोल्या थिएन

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका क्रममा राष्ट्रिय महत्त्वका विषय नबोलेको प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले विदेशमा प्रधानमन्त्रीले हस्ताक्षर गरेका सहमतिका कागज एकातिर र प्रधानमन्त्रीको अभिव्यक्ति अर्कैतिर रहेको ओलीको भनाइ थियो ।