नागरिकता समस्या समाधान भएसँगै माओवादीले प्रतिबद्धता पूरा गर्याे : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट नागरिकता विधेयक पारित गरेर आफ्नो प्रतिबद्धता पुरा गरेको बताएका छन्। सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नागरिकता विधेयक पारित भएसँगै अब ६ सात लाख जनताले नागरिकता पाउने वातावरण बनेको बताएका हुन्। प्रचण्डले भने, ‘मैले मधेश प्रदेशमा आएर केही महिना पहिला नागरिकता समस्या समाधान गर्ने विश्वास दिलाएका थिए। अहिले फेरि मधेश प्रदेशमा आउँदै गर्दा सम्पूर्ण जनता र युवालाई नागरिकताको समस्या समाधान गर्ने निर्ण

सम्बन्धित सामग्री

जसपाको पहलमा नागरिकता समस्या समाधान भयो : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको पहलमा नागरिकता समस्या सामाधान भएको दाबी गर्नुभएको छ । काठमाडौँमा आइतबारदेखि सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै उहाँले जसपाकै कारण देशमा सङ्घीयता आएको जिकीर पनि गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन । नेपालमा …

अब नागरिकता समस्या समाधान होस् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका छन् ।

संसद्‍मा प्रधानमन्त्रीको जवाफ– एक महीनाभित्र नागरिकता समस्या समाधान गर्छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न ? भनी गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहनुभएकाले समस्या समाधान हुने आशा गरिएको बताउनुभयो ।    यस विषयमा छलफलका क्रममा आएको सुझाव वा सङ्कल्प प्रस्तावमार्फत प्रमाणीकरण गर्न अनुरोध गर्ने वा मन्त्रिपरिषद्‍बाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्नसक्ने विकल्पका बारेमा पनि परामर्श जारी रहेको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।  नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनः शून्यबाट सदनमा प्रक्रिया शुरू गरी एक महीनाभित्र समाधान गरिने उहाँको प्रतिबद्धता थियो । प्रम नियुक्त हुँदा ६ महीनाभित्र नागरिकता समस्या समाधान गर्ने भनी दाहालले बोल्नुभएको विषय पनि सांसदहरूले स्मरण गराएका थिए ।   नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने त्यसैगरी, प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दोषी कोही उम्कन नपाओस्, निर्दोष कोही नपरोस् भन्ने भावनाले सरकारले काम गरिरहेको उहाँले जानकारी गराउनुभयो । ‘स्वतन्त्र र निष्पक्षरूपमा सरकारले छानबिन गरिरहेको छ, अपराधीलाई कानुनको दायरामा ल्याउने काम भएको छ, यस विषयमा दृढतापूर्वक छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छु, शरणार्थी प्रकरण देशकै निम्ति गम्भीर र संवेदनशील विषय बनेकाले यसमा संलग्न कसैलाई पनि माफी दिइने छैन,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।  सांसद मेटमणि चौधरीका तर्फबाट सांसद शेरबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेतृत्वको संलग्नता पुष्टि भए के गर्नुहुन्छ ? आर्थिक सङ्कटको समाधान कसरी गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले गलत काम गर्ने कसैले पनि छूट नपाउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री दाहालले मौसमी प्रणालीमा आधारित कृषि रहेकाले समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । यस वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकता दिइने उहाँको प्रतिबद्धता छ । जनमत पार्टीका तर्फबाट निर्वाचित सांसद अनिता देवीले धानको बीउ छर्ने बेला भइसक्यो, मल र बीउ एकैपटक पाइन्छ कि पाइन्न ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले मल कारखाना खोल्नेलगायत कार्यक्रमलाई आगामी वर्ष प्राथमिकतामा राखिएको बताउनुभएको थियो । भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता प्रम दाहालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ । शरणार्थी प्रकरणमात्र होइन, सम्पत्ति शुद्धीकरणका ठूला घटनालगायत अन्य ठूला प्रकरणका बारेमा आवश्यक परेमा कानुन संशोधन गरेर पनि कारबाही हुने प्रतिबद्धता उहाँले जनाउनुभएको हो ।  सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रष्टाचारविरुद्धका काम कारबाही फलदायीरुपमा अघि बढ्न सकेको छैन ? यसमा सरकारको कार्यक्रम के छ ? भन्ने प्रश्नको जवाफमा ‘अहिलेको अवस्थालाई सच्याउने अवसरका रुपमा सबै दल लाग्नुपर्ने अवस्थामा हामी छौं, देशमा सुशासनका लागि यो अवसरलाई गुम्न दिनुहुन्न,’ प्रम दाहालले भन्नुभयो ।    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ प्रम दाहालले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको बताउनुभएको छ । सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा घुसपैठ गरी हिंसा गराइएकाले न्याय भयो त ? रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ ? भनी गर्नुभएको प्रश्नमा उक्त जवाफ दिनुभएको हो ।  सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन ? किन बाधा, अड्चन आयो ? भनी उहाँले प्रश्न राख्नुभएको थियो । टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिनुभयो । रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

तीन महिनाभित्र नागरिकताको समस्या समाधान नभए एमालेले आन्दोलन गर्छ: रघुवीर महासेठ

जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले तीन महिनाभित्र नागरिकता समस्या समाधान नभए देशभरि आन्दोलन गर्ने चेतावनी दिएका छन्। शुक्रबार प्रेस चौतारी धनुषाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव महासेठले जन्मसिद्ध नागरिकका सन्तानलाई गठबन्धन सरकारले नागरिकता नदिए मधेस र देशभरि आन्दोलन गर्ने चेतावनी दिएका हुन्। उनले भने, ‘हामीले नागरिकता समस्या समाधान गर्न खोजेका थियौँ। अध्यादेश ल्याउँदा […]

ओलीको आश्वासनः एमालेले जिते एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छौं

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेपछि नागरिकता समस्या समाधान हुने आश्वासन बाँढेका छन् । एमालेको सरकारको बनेको एक महिनाभित्र कानुन बनाएर नागरिकता समस्या समाधान गर्ने आश्वासन बाँढेका हुन् । उनले सबै नेपाली नागरिकलाई नागरिकता दिने बताए । गृहजिल्ला झापाको मेचीनगर नगरपालिकास्थित इँटाभट्टामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले नागरिकता विधेयक […]

ओलीको आरोप- ‘यो सरकारले नागरिकता समस्या समाधान हुन दिँदैन’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नागरिकता समस्या समाधान हुन नदिएको आरोप लगाएका छन् । ‘हामीले कानुनसम्मत ढंगबाट नागरिकताबारे अध्यादेश ल्याउँदा अहिलेका गठबन्धनले अदालतको गलत प्रयोग गरेर रोक्न लगाउने तर अहिले अनावश्यक  विषय हालेर विधेयक ल्याउने ?’ ओलीले भने,‘यो सरकारले नागरिकता समस्या समाधान हुन दिँदैन ।’

सात लाख जनताले नागरिकता पाउने पक्का भयो, त्यही सुनाउन जनकपुर आएको हुँः प्रचण्ड

काठमाडौं।नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताएका छन्। उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको पनि बताए।यसैगरि उनले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा समेत गरेका छन्।

नागरिकता समस्या समाधान गर्न भारतसँगको खुला सीमा बन्द गर्नुपर्छ : प्रेम सुवाल

२९ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि विरोधको सूचना पेश गर्दै उनले भने, नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ । र, यो नागरिकता समस्या समाधान गर्न नेपालको खुला सीमा बन्द हुनुपर्छ । र, यसको सिमानालाई नियमन […]

विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छाैं : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् ।पाँच दलीय गठबन्धनद्वारा शनिनबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताए । ‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले […]

विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताउनुभएको छ । पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताउनुभयो । ‘‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले […]