विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छाैं : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् ।पाँच दलीय गठबन्धनद्वारा शनिनबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताए । ‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाबाट पनि बिना संशोधन पारित भयो नागरिकता विधेयक

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुतरूपमा पुनः बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले नेपालमा रहेका सबै नेपाली नागरिकलाई अनागरिकबाट नागरिक बनाउन विधेयक ल्याइएको बताए । नेपालको राष्ट्रियतालाई बलियो पार्ने सरकारको सदाशयता रहेको जनाउँदै उनले नागरिकता समस्या समाधान गर्नु सबैको साझा दायित्व भएको बताए ।२०६३ को अन्तरिम संविधानमै भएको व्यवस्थाअनुसार २०७२ सालको संविधानमा नागरिकतासम्बन्धी प्रावधान राखिएको र संविधान निर्माण हुँदा सबै दलको सहमति रहेको उनको स्पष्टोक्ति थियो । “संविधानप्रति हाम्रो प्रतिबद्धता छ, हामीले घोषणा गरेको संविधान नेपालको मूल कानून हो, संविधानसँग बाझिने कानून खारेज हुन्छ भनिएको छ, संविधानसँग बाझिएका कानून बनाउन सकिन्छ र ?” उनले प्रश्न गरे , “संविधानमा भएको व्यवस्थाअनुसार नागरिकता प्रदान गर्न सार्थक प्रयत्न गरिएको हो ।”नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भएका नागरिकलाई नागरिकता दिने प्रबन्ध गर्न सरकारले पहल गरेको उनको भनाइ थियो । “नागरिकता ज्यादै नै महत्वपूर्ण र संवेदशनशील विषय हो । यो राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डतासँग अन्तरनिहित छ । नगरिकको जीवन र मरणसँग सम्बन्धित छ”, उनले भने, “नागरिकले आफ्नो पहिचान प्राप्त गर्ने कि नगर्ने, उसले नेपाली नगरिक भएर बाँच्न पाउने कि नपाउने भन्ने विषय संवदेशनशील छ ।”नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिईन् ।राष्ट्रपतिबाट फिर्ता आएको सो विधेयक यही भदौ २ गते प्रतिनिधिसभाबाट बिना संशोधन पुनः बहुमतबाट पारित भएको थियो । प्रतिनिधिसभामा उपस्थित एक सय ९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा एक सय ३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो ।

नागरिकता समस्या समाधान भएसँगै माओवादीले प्रतिबद्धता पूरा गर्याे : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट नागरिकता विधेयक पारित गरेर आफ्नो प्रतिबद्धता पुरा गरेको बताएका छन्। सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नागरिकता विधेयक पारित भएसँगै अब ६ सात लाख जनताले नागरिकता पाउने वातावरण बनेको बताएका हुन्। प्रचण्डले भने, ‘मैले मधेश प्रदेशमा आएर केही महिना पहिला नागरिकता समस्या समाधान गर्ने विश्वास दिलाएका थिए। अहिले फेरि मधेश प्रदेशमा आउँदै गर्दा सम्पूर्ण जनता र युवालाई नागरिकताको समस्या समाधान गर्ने निर्ण

नागरिकता ऐन छिटो पारित गर्न माग

काठमाडौं– संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विधेयक अझ सुल्झन सकेको छैन । नागरिकता समस्या समाधान गर्न संसद्मा पेस भएको नागरिकतासम्बन्धी विधेयक ३ वर्षसम्म पनि टुंगो लागेको छैन । नागरिक विधेयक पारित नहुँदा नागरिकता नपाउनेहरू सरकारी सेवा–सुविधाबाट समेत वञ्चित भइरहेका छन् ।नागरिकता विधेयकलाई चाँडो संसद्बाट निकास दिन र नागरिकता पाउने अधिकारको माग गर्दै […]

विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताउनुभएको छ । पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताउनुभयो । ‘‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले […]

नागरिकताको विषय सहमतिमा टुङ्गिन्छ : खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरणसम्बन्धी प्रस्तावित विधेयक पारित गर्न सर्वदलीय राजनीतिक सहमतिमा जोड दिनुभएको छ । नागरिकता वितरणमा ‘अल्पमत’ र ‘बहुमत’का आधारमा विभाजित हुनुभन्दा दलीय सहमति गरी अगाडि बढ्दा निर्विवाद तरिकाले नागरिकता समस्या समाधान हुने सुझाव उहाँको छ ।