मन्त्रालयका काममा अनलाइन प्रणाली कार्यान्वयन गर्ने अर्थमन्त्रीको पहिलो निर्णय

११ पुस, काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित सामग्री

ओलीको प्रश्न : गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी ?

काठमाडौं, २६ श्रावण । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद पक्राउ प्रकरणको विरोध गरेका छन्। शुक्रबार पुरूष परीक्षा नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पक्राउ परेका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी किन लगाएको भन्दै प्रश्न गरेका छन्। उनले भने, ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो? गृहमन्त्री र अर्थमन्त्रीको […]

कृषि उत्पादनका लागि लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

कृषि उत्पादनका लागि लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अर्थमन्त्रीको आग्रह

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

अर्थमन्त्रीको जवाफ माग्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले अर्थमन्त्रीको जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो। केही दिनअघि स्थानीय एक पत्रिकाले अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले नियम कानुनविपरीत आफ्नो जिल्लामा रकम निकासा गरेको समाचार प्रकाशित गरेको थियो। त्यसको मन्त्रालयले कुनै […]

एमालेद्धारा संसदमा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं।एमालेले संसदमा अर्थमन्त्रीको राजीनामा माग गरेको छ।लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।च्यासलमा एमाले अनुशासन आयोगको बैठक जारी रहेको छ।बर्दिबासको एक घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति हुन पुगेको छ र विश्वकप लिग २ मा आज नेपाल र ओमान भिड्दै छन्।

अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो

पुस महिनाभित्र ३० प्रतिशत विकास बजेट खर्च गराउन अर्थमन्त्रीको निर्देशन आएपछि हरेक मन्त्रालय निकै अप्ठेरोमा परेका छन् । पुँजीगत खर्च हुन सकेन भनेर अर्थमन्त्रीको आलोचना भइरहेका बेला यस्तो ताकेता आएपछि यसलाई अर्थमन्त्रीको हतासाका रूपमा लिन थालिएको छ । पछिल्लो समयमा अर्थविद् तथा अर्थ विशेषज्ञहरूले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको सुझबुझ एकै ठाउँमा हुन नसक्दा […] The post अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रेम सुवालको प्रश्न : ‘अर्थमन्त्रीको फोनले सेयर बढ्छ ?’

लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक (नेप्से) अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद  प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ ? भनेर सुवालले प्रश्न गरेका छन् । ‘यो हुनु भनेको सरासर आर्थिक चलखेल हो, यसको छानविन हुनुपर्छ’ सुवालले सभामुख मार्फत सरकारसँग माग गरेका छन् ।  अर्थमन्त्रीले पहिले १०० जनाले पूर्ण सेयर बजार चलाएक

अर्थमन्त्रीको ९५ प्रतिशत भेटघाट बन्द

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भेटघाटमा कडाइ गरिएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेसँगै अर्थमन्त्रीले भेटघाट घटाएका हुन्। पौडेलका स्वकीय सचिव यम पौण्डेले अर्थमन्त्रीको भेटघाटलाई ९५ प्रतिशत घटाइएको बताए। उनले भने, "अधिकांश काम भर्चुअल माध्यम गर्न र भेटनै पर्ने काममा पनि थोरै संख्यामा आउन भनिरहेका छौं।" मन्त्रालयमा हुने भिडभाड कम गर्न यस्तो गरेको उनले बताए।