काठमाडौं : नेपाल प्रहरीको तालिम प्रतिष्ठान काभ्रेको पनौतीमा बन्ने भएको छ। भारतीय अनुदान सहयोगमा प्रतिष्ठान निर्माणका लागि सोमबार निर्माण कम्पनीसँग सम्झौता भएको छ। १० अर्ब एक करोड रुपैयाँको लागतमा अहलुवालिया कन्ट्याक्स–रोशन कन्ट्रक्सन जेभीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो। तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्दराज आचार्य र अहलुवालिया कन्ट्याक्सका सिइओ अरुण शाहीले हस्ताक्षर गरेका