कर्णालीमा पुगेन् अनुदानको चामल

ठेकेदारको ढिलासुस्तीचालू आवमा १-१ हजार कोटा स्वीकृत भएको जुम्लाका दुइटा खाद्य डिपो ७ महिनादेखि रित्तै हुँदा नागरिकलाई समस्या भएको छ ।जुम्ला-सिंजा गाउँपालिकाको धापा खाद्य डिपोमा खाद्यान्न नपुगेका ७ महिना भयो । चामल ढुवानीको ठेक्का पाएको ठेकेदारले चालू आवको सात महिना बितिसक्दा पनि चामल नल्याउँदा धापा डिपो रित्तै छ । बजारको महँगो चामलभन्दा सस्तो र गणस्तर […]

सम्बन्धित सामग्री

अनुदानको चामल महँगोमा बेच्छन् ठेकेदार

प्रतिकिलोमा ५५ रुपैयाँमा बेच्नुपर्ने मोटो चामल ६० र ९३ मा बेच्नुपर्ने जिरा मसिनो एक सयमा बिक्री अछाम जिल्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियतमा पठाउने चामल ठेकेदार आफैँले बेच्दै आएका...

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

गोरखा, १८ मङ्सिर । उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । “सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक […]

एक वर्षपछि हुम्लाको लिमिमा खाद्यान्न ढुवानी

हिमालपारीको गाउँका रुपमा चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो  ।खाद्यान्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका नवीनप्रसाद आचार्यले जानकारी दिए । हिउँदको समयमा नाम्खा आवतजावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरे

खाद्य कम्पनीले अनुदानको चामल बिक्री नगर्दा हुम्लाका स्थानीय मर्कामा

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न बिक्री हुन सकेको छैन। लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो। सिमकोट गाउँपालिका–५ जानपुरा नेपालीले तीन महिनायता लिमिटेडको कोटाको खाद्यन्न खरिद गर्न नपाएको बताइन्। उनले सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यन्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यन्न खरिद गर्नु परिरहेको […]

अनुदानको चामल भक्तपुर पठाउनेलाई जरिवाना

नेपाल खाद्य तथा व्यापार कम्पनी सुर्खेतको गोदामबाट मुगुका लागि ढुवानी गरिएको अनुदानको चामल भक्तपुर पठाउने शर्मा ढुवानी सेवालाई कालो बजारी ऐनअन्तर्गत जरिवाना गरिएको छ ।गत वर्ष मंसिर ७ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएको उक्त मुद्दामा प्रशासनले गत साउन २१ गते फैसला गर्दै ३ लाख ७५ हजार रुपैयाँ जरिवाना गरेको हो । शर्मा ढुवानी […]

तीन दिन हिँडेर चामलबिनै फिर्ता

बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए । अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १,... The post तीन दिन हिँडेर चामलबिनै फिर्ता appeared first on Purbeli News.

महामारीमा खाद्यान्न अभाव हुन नदिन जुम्लामा काेटा थप

जुम्ला : कोरोना महामारीमा खाद्यान्न अभाव हुन नदिन कोटा थप गरिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत गरिएको हो।जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी दुईसय क्वीन्टल चामल थप कोटा स्वीकृत गरिएको हो।जुम्लामा  चामल अभावको गुनासो बढेपछि र केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पनी

अनुदानको चामल सदरमुकाम आसपास मात्र

ताप्लेजुङ : नेपाल खाद्य संस्थानबाट वितरित चामल सदरमुकाम आसपासका क्षेत्रमा मात्र वितरण हुने गरेको छ। जिल्लाका दुर्गम क्षेत्रमा खाद्य संस्थानको डिपो संचालनमा नआउँदा अनुदानको चामल दुर्गम क्षेत्रमा नपुगेको हो।  द्वन्द्वको समयमा सुरक्षाको कारण देखाउँदै ग्रामीण क्षेत्रमा रहेका खाद्य संस्थानका डिपोहरू हटाएर अहिलेसम्म पुन:स्थापना न...

अनुदानको चामल बाटैमा बिक्री

नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् । कारोबार दैनिकमा छापिएको समाचार अनुसार संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँ बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको…