काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन बापत भएको खर्चमा विविधता पाइएको छ । महामारीका कारण मृत्युवरण गरेका नागरिकको शव व्यवस्थापन खर्चको मापदण्ड निर्धारण नहुँदा जथाभावी खर्च भएको कोभिड–१९ को व्यवस्थापन सम्बन्धी विशेष लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।नेपाली सेनाको उपत्यका पृतनाले प्रति शव ५ हजार ५८८ रुपैयाँका दरले व्यवस्थापनमा खर्च गरेको पाइएको छ । जबकि सुदूरपश्चिम पृतना कैलालीले ५८ हजार २६१ रुपैयाँ प्रति शव व्यवस्थापनमा खर्च गरेको सो प्रतिवेदनमा उल्ले