कोरोनाबाट मृत्यु भएकाको अन्त्यष्टि गर्न भरतपुर महानगरले निःशुल्क शवबहान र दाउरा  दिने

जेठ ६, चितवन । भरतपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको अन्त्यष्टि गर्नका लागि निःशुल्क शवबाहन र दाउरा उपलब्ध गराउने भएको छ ।  जिल्लाका अस्पतालमा कोभिडको उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरुको लागि महानगरको तर्फबाट शवबहन निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको हो । कोभिड संक्रमणबाट मृत्यु भएका परिवारका लागि केही राहत पुयाउने उद्धेश्य र स्थानीय सरकारकोे जन उत्तरदायित्व निभाउन  निःशुल्क सेवा प्रदान गर्न लागिएको महानगरले जानकारी दिएको छ ।  महानगरले बुधवार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको अन्त्यष्टिका लागि शवबहन निःशुल्क गर्नुको साथै अन्त्येष्टिको लागि यसअघि दाउरा खरीदमा लाग्ने शुल्क रू. ३ हजार पनि महानगरले नै उपलब्ध गराउने निर्णय गरिएको उल्लेख छ । महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय दैनिक रुपमा बिरामीहरुको मृत्यु हुन गई पीडित परिवार तथा आफन्तहरुलाई शव व्यवस्थापन र अन्त्यष्टिमा समेत आर्थिक समस्या पर्न गएको पीडामा राहात प्रदान गरी उत्तरदायी स्थानिय सरकारको जिम्मेवारी वहन गरी कोरोनाबाट मृत्यु हुनेहरुको अन्त्यष्टिका लागि शवबाहन निःशुल्क उपलब्ध गराउने व्यवस्थापन गरिएको छ ।’ महानगरपालिकाले यस भन्दा अगाडि कोभिड १९ का बिरामीहरुलाई घरबाट अस्पताल लैजान÷ल्याउन ३ ओटा एम्बुलेन्स र शव व्यस्थापनका लागि एक्साभेटर मार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

कोरोना संक्रमणको असर : देवघाटमा दोब्बरले बढ्यो शव

कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।