धनकुटा : चौबीसे गाउँपालिका–२ मुढेवास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन्। वि.सं. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरू लालपुर्जा पाउनबाट वञ्चित भएका थिए।४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि ५५ परिवार खुशी भएका छन्। पुर्खाका पालादेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात परेको चौबीसे गाउँपालिका–२ मुढेवासकी श्रीमाया मगरले बताइन्।उनले २०३२ सालमा नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरूले नै उपभोग गर्दै आएको जग्ग