मधेश प्रदेशको प्रदेशसभाको चौथो वार्षिकोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ । बिहीबार रातिदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा चलेको हावाहुरी र वर्षाको कारणले कार्यक्रम गर्नका लागि बनाइएको टेन्टहरू उडाएको र कार्यक्रम गर्ने अवस्था नभएका हुँदा वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
सभामुख यादवले मौसम प्रतिकूल भएपछि कार्यक्रम गर्ने अवस्था नभएका कारण वार्षिकोत्सवको कार्यक्रम स्थगित गर्नुपरेको बताउनुभयो । उहाँले वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त कार्यक्रममा सहभागी भएर विजयी भएका कर्मचा...