काठमाडौं । हिमालय एअरलाइन्स् प्रालिले एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर सहयोग गरेको छ । एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा. कैलाशकुमार भण्डारीलाई आइतवार सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त एयर कन्डिसनर अस्पतालको सगरमाथा जनरल वार्डमा जडान गरिने बताइएको छ । उक्त सहयोगले खाँचोमा परेका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अपेक्षा गरिएको छ । वार्डले कमजोर आर्थिक अवस्था भएका बिरामीलाई सेवा दिँदै आएको र एअरलाइन्स्को सहयोगले अनुकूल वातावरण सृजना गर्न वातानुकूलित सेवा प्रदान गर्ने बताइएको छ ।
एअरलाइन्स्का अध्यक्ष एन्योङले एअरलाइन्स्को लक्ष्य नेपालको उड्डयन क्षेत्र गतिशिल बनाउनेमात्र नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने समेत रहेको बताए । ‘म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका नागरिकको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ,’ उनले भने । अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारीले एअरलाइन्स्को यो मानवीय र उदार कार्यको उच्च प्रशंसा र कदर गर्ने बताए ।
एअरलाइन्स्ले कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवधिमा भेरो सेल भ्याक्सिन, कोभिड–१९ अत्यावश्यक चिकित्सा उपकरण र भेन्टिलेटर, पीसीआर परीक्षण मेसिन, इन्फ्रारेड थर्मोमिट , पीपीई, र सर्जिकल मास्क आदि उपलब्ध गराएको स्मरण गरेको छ ।