बजार व्यवस्थापनमा सहयोग गर्छु : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटी मण्डपमा हाल सञ्चालनमा रहेको बजार व्यवस्थापनका लागि सहयोग गर्ने बताएकी छन् । आज यहाँ काठमाडौँ निम्न व्यपारी सङ्घको २७ औँ वार्षिक साधारणसभाको उद्घाटनमा मन्त्री रेग्मीले वैज्ञानिकरूपमै व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भनिन्, ‘यो बजार मध्यमवर्गीय परिवारको लागि उत्कृष्ट […]

सम्बन्धित सामग्री

मन्त्री रेग्मी उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन् । अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् । साथै, उनले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत...

महिला हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाबाटै  सहयोग भएन : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उच्च ओहोदामा पुगेका महिलाहरूबाटै महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सहयोग नभएको गुनासो पोखेकी छन् । ‘महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका लागि मलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै समय दिनुभएन । दुई-चार जना महिलामात्रै उच्च ओहोदामा पुगेका छौँ । तर, उच्च ओहोदामा पुगेका महिलाले पनि महिलाका मुद्दालाई खास महत्त्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्,’ उनले भनिन् ।

समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहार अझै कायम छ :  मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहार कायम रहेकाले यसलाई चिर्ने कार्यमा सहयोग गर्न सरोकारवालाई आग्रह गरेकी छन् । अन्तर्रािष्ट्रय महिला दिवशको अवसरमा शुभकामना...