महिला हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाबाटै  सहयोग भएन : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उच्च ओहोदामा पुगेका महिलाहरूबाटै महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सहयोग नभएको गुनासो पोखेकी छन् । ‘महिलाको मुद्दामा छलफल गर्न र औपचारिक कार्यक्रमका लागि मलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नै समय दिनुभएन । दुई-चार जना महिलामात्रै उच्च ओहोदामा पुगेका छौँ । तर, उच्च ओहोदामा पुगेका महिलाले पनि महिलाका मुद्दालाई खास महत्त्व नदिँदा महिलाले न्यायको अनुभूत गर्न सकेका छैनन्,’ उनले भनिन् ।

सम्बन्धित सामग्री

छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्य हुँदैन : मन्त्री रेग्मी (भिडिओ)

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला बिभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै […]

छलफल र अन्तर्क्रियाले मात्रै महिला हिंसा अन्त्य हुँदैन : मन्त्री रेग्मी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० ...