काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चैते दशैँका दिन गरिँदै आएको परम्परागत मौलो पूजा गरेका छन् । मंगलबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उनले बली पूजा र निशानामा पञ्जा छाप लगाए । प्रधान कार्यालयभित्रको सशस्त्र प्रहरी गण नम्बर–१ मा थापाले पूजा गरेका हुन् । मौलो पूजाको अवसरमा विशेष काम गरेको भन्दै प्रहरी नायव निरीक्षक भवानी चन्द र हवल्दार जितेन्द्र खाँलाई थापाले नगद पुरस्कार दिएका छन् । मौलो पूजामा एआइजी, डिआईजी र एसएसपी सहितका बरिष्ठ प्रहरी अधिकृतहरुको सहभागीता थियो ।पूज