नेपाल प्रहरीको बडा दशैं मौलो पूजा सम्पन्न

बडा दशैंको अवसरमा नेपाल प्रहरीको मौला पूजा सम्पन्न भएको छ । महानवमीका दिन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । …