काठमाडौँ – माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दताएका लागि निवेदन दिँदा हस्ताक्षर गर्न नमानेका दुई केन्द्रीय सदस्य पुनःनेपाल समूहमै खुलेका छन् । केन्द्रीय सदस्यद्वय सोमप्रसाद पाण्डे र राजन राई दल दर्ताको लागि सनाखत गर्ने अघिल्लो दिन निर्वाचन आयोगमा गएर नेपाल समूहमै रहेको पत्र बुझाएका हुन् । …