धनकुटा : नेकपा (एकीकृत समाजवादी) गठनमा माधवकुमार नेपाललाई पूर्वपार्टी नेकपा (एमाले) का ९ केन्द्रीय सदस्य र २ संघीय संसदले साथ दिएका छन्।एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश १ का ९ जना केन्द्रीय सदस्यहरू एकीकृत समाजवादी गठनमा सहभागी भएका हुन्।एमालेभित्र चलेको अन्तरसंघर्षमा माधवकुमार नेपाल समूहमा आवद्ध भएका प्रदेश १ का १६ जना केन्द्रीय सदस्यहरू मध्ये ९ जनाले बुधबार निर्वाचन आयोगमा उपस्थित भई नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।नवगठ