संस्थागत विद्यालयले धरौटी फिर्ता गर्न आनाकानी गरिरहेका छन्

निजी तथा आवासीय विद्यालयमा विद्यार्थी भर्ना हुँदा धरौटी राख्नुपर्ने कानूनी व्यवस्था छ । एक शैक्षिक संस्थाबाट विद्यार्थी अर्को संस्थामा स्थानान्तरण हुँदा वा अध्ययन पूरा गरेपछि शैक्षिक संस्थाले धरौटी फिर्ता गर्नुपर्छ । तर, अधिकांश संस्थागत विद्यालयले धरौटी रकम फिर्ता गरिरहेका छैनन् । धरौटी फिर्ता लिन जाँदा अनेक बहाना बनाइरहेका छन् । त्यसो त संस्थागत विद्यालयका अधिकांश अभिभावकलाई धरौटी फिर्ता पाइन्छ भन्ने जानकारीसमेत छैन । राजधानीको तुलनामा मोफसलका विद्यालयमा धरौटी रकम फिर्ता नहुने समस्या बढी छ । कतिपय विद्यालयले त धरौटीको रकम आफ्नो निजी प्रयोजनमा पनि लगाउने गरेको पाइएको छ । शिक्षा नियमावलीको नियम १४६ को उपनियम ३ मा संस्थागत विद्यालयले १ महीनाको पढाइ शुल्कबराबर धरौटी रकम लिन पाउनेछ र त्यस्तो रकम विद्यार्थीले विद्यालय छाडेमा तुरुन्तै फिता गर्नु पर्नेछ भन्ने व्यवस्था छ । लामो समय रकम राखेपछि सो रकमबराबरको ब्याज पाउने अभिभावकको अधिकार हो । नेपाल टेलिकमले धरौटीको ब्याजसमेत दिने गरेको छ । तर, संस्थागत विद्यालयबाट धरौटी फिर्ता पाउन नै गाह्रो भइरहेको अवस्थामा ब्याजको त कल्पना नगरे पनि हुन्छ ।  (नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीसँगको कुराकानीबाट) वर्ष ८, अंक ११९ बुधवार, ३ माघ, २०६९   

सम्बन्धित सामग्री

खानी नवीकरण नगर्नेको धरौटी जफत हुने

खानी तथा भूगर्भ विभागले अनुमतिपत्र नवीकरण नगराउने कम्पनीको धरौटी जफत गर्ने भएको छ । हालसम्म अनुमतिपत्र नवीकरण नगर्ने कम्पनीलाई धरौटी फिर्ता गर्दै आएको विभागले महालेखा परीक्षकको प्रतिवेदनले यसमा त्रुटी औंल्याएपछि धरौटी जफतसम्बन्धी नयाँ व्यवस्था गरेको हो । खानी तथा खनिज पदार्थ नियमावली पुनरावलोकन गरी अनुमतिपत्र नवीकरण नगराउनेको धरौटी जफत गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने महालेखको प्रतिवेदनमा […]

जनताको धरौटी पनि छोड्दैन सरकार

काठमाडौं, असोज ५ । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्। चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको […]

जनताको धरौटी पनि छाड्दैन सरकार

धरौटी रकम सोझै सरकारको राजस्व खातामा, सरकारवादी विचाराधीन मुद्दामा प्रतिवादीले जितेपछि धरौटी रकम फिर्ता पाउन सकस...

जनताको धरौटी पनि छोड्दैन सरकार

सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्।चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तुररकम धरौटी हो । यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो। यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा दाखिला भएको छ। राजस्वबाट चल

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपेड सेवाको धरौटीलाई बिलमा समायोजना गर्ने भएको हो ।  कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग धरौटी लिदै आएको थियो । एक सूचना जारी गर्दै टेलिकमले धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त...

म्यानपावरको बदमासी : नक्कली पीडित खडा गरेर धरौटी कुम्ल्याउँदै

काठमाडौं : वैदेशिक रोजगारीमा गएका युवाको सहायताका लागि राखेको धरौटी रकम म्यानपावर व्यवसायीले नक्कली पीडित खडा गरी आफैँले लिने (असुल्ने) गरेको पाइएको छ। कारबाहीमा परेर खारेजीको प्रक्रियामा रहेका म्यानपावर व्यवसायीले धरौटी फिर्ता लिन आफैँले नक्कली पीडित खडा गरी धरौटी फिर्ता लिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागमा सादा पोशाकमा खटिएका प्रहरीले अनुसन्धान गर्दा नक्कली पीडित फेला पर्ने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। सरकारले वैदेशि

नक्कली पीडित खडा गरेर धरौटी फिर्ता लिँदै

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि मेनपावरले राखेको धरौटी रकम मेनपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ । खारेजीमा परेका मेनपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले मेनपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ ।सक्कली पीडितको आर्थिक […]

नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता माग्दै म्यानपावर

काठमाडौं, असार १५ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ। […]

मेनपावरको बदमासी : नक्कली पीडित खडा गरेर धरौटी फिर्ता लिँदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि मेनपावरले राखेको धरौटी रकम मेनपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ । खारेजीमा परेका मेनपावर कम्पनीले पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले मेनपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ । सक्कली […]

नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता लाँदै म्यानपावर

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ।सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शून्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो । वैदेशिक रोजग