काठमाडौं : वैदेशिक रोजगारीमा गएका युवाको सहायताका लागि राखेको धरौटी रकम म्यानपावर व्यवसायीले नक्कली पीडित खडा गरी आफैँले लिने (असुल्ने) गरेको पाइएको छ। कारबाहीमा परेर खारेजीको प्रक्रियामा रहेका म्यानपावर व्यवसायीले धरौटी फिर्ता लिन आफैँले नक्कली पीडित खडा गरी धरौटी फिर्ता लिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागमा सादा पोशाकमा खटिएका प्रहरीले अनुसन्धान गर्दा नक्कली पीडित फेला पर्ने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। सरकारले वैदेशि