बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिए पनि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भने उक्त विमानस्थलको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको सिंहदरबारमा बसेको बैठकले लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने […]