काठमाडौं : सरकारले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को बैठकले डाक्टर दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
गत कार्तिकमा सरकारले युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गरेको थियो। २०७७ साल जेठमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ढुंगेललाई परिषद्को उपाध्यक्षमा…