युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन् ।
राष्ट्रिय युवा परिषद्को अध्यक्षसमेत रहेका मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद् अन्तर्गतका ६ वटा शाखाको निरीक्षण गरे ।
निरीक्षणपछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिँदै मन्त्री अथकले युवा परिषद्लाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।
युवा परिषद्ले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, ‘भविष्य बोकेका युवाहरुको मन...