जनताको बहुदलीय जनवाद (जबज) को ऐतिहासिक विकास क्रमबारे पीएचडी गरेका डा. बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) का महासचिव हुन् । राष्ट्रियसभाका सदस्य समेत रहेका भुसाल विगत एमालेमा हुँदादेखि नै वैचारिक नेताका रुपमा परिचित छन् । हाल एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका भुसालसँग रातोपाटीले मूलतः दुईवटा विषयमा कुराकानी गरेको छ, एक– बहुदलीय जनवादकै जगमा बनेका एमाले र एकीकृत समाजवादी पार्टीबीचको बैचारिक–सैद्धान्तिक धरातलमा के फरक छ ? दुई– समसामयिक राजनीतिक विष