बरिष्ठ प्राविधिक सहायक सहित  विभिन्न पदमा कर्मचारी माग

जेठ १०, काठमाडौ । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बरिष्ठ प्राविधिक सहायक सहित  विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले बरिष्ठ प्राविधिक सहायक १ जना, बजार इन्चार्ज २ जना, कर्जा सहायक २ जना, लेखा सहायक २ जना र जुनियर बजार सहायक  १० जना गरी १७ जना माग गरेको हो । संस्थाले मैतिदेवी र काँडाघारीको कार्यक्षेत्र रहनेगरी  योग्यतापुगेका  इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातहरु सहित जेठ २० गते भित्र प्रधान कार्यालय न्यूरोड काठमाण्डौं, सेवा केन्द्र मैतिदेवी र काँडाघारी वा मेल ठेगाना मार्फत आवेदन दिन सकिनेसंस्थाले जनाएको छ । 

सम्बन्धित सामग्री

बागमती प्रदेशको कृषि मन्त्रालयले माग्यो कर्मचारी

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।मन्त्रालयले अधिकृत सातौं स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी माग गरेको छ ।  मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौक

नायव कृषि/ पशु सेवा प्राविधिक सहायकका लागि ३९ जना कर्मचारी आवश्यकता

चैत २३, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना निर्देशकको कार्यालयले नायव कृषि/ पशु सेवा प्राविधिक सहायक माग गरेको छ ।  आयोजनाले बुधवार सूचना जारी गर्दै रिक्त कृषि र पशुपन्छी/ मत्स्यतर्फ ३९  जना कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक नागरिकले आयोजना निर्देशकको कार्यालय, हरिहरभवनमा आयोजनाको वेबसाइटबाट फर्म डाउनलोड गरी नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शेक्षिक योग्यता तथा तालिमको प्रमाणपत्रसहित विवरण भरी पेश गर्नुपर्नेछ । साथै इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

लुम्बिनी प्रदेश सरकारले माग्यो चार सयभन्दा बढी करार कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले चार सयभन्दा बढी करार सेवामा कर्मचारी माग गरेको छ।कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४३६ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो। मन्त्रालयले नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिकमा आवेदन माग गरेको छ।दरखास्त पुस ३० गतेसम्म दिनुपर्ने जनाइएको छ। दोब्बर दस्तुरमा आवेदन दिने व्यवस्था छैन।

लुम्बिनी प्रदेशद्वारा करारमा ४३६ कर्मचारी माग (सूचनासहित)

लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।  मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग

क्याम्पसले सूचना जारी गर्दै रेडियोलोजी,पल्मोनोलोजी लगायत विषयमा १२ उप प्राध्यापक तथा कम्प्युटर अपरेटर (मूल्य प्राविधिक सहायक)  पदमा एक जना कर्मचारी माग गरेको हो।

प्रदेश १ लोक सेवा : प्राविधिक तर्फ चौथो र पाँचौँ तहमा २३० कर्मचारी माग

काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिकतर्फ चौथो र पाँचौँ तहमा दुई सय २० कर्मचारीको माग गरेको छ । आयोगले कृषि, इन्जिनियरिङ, विविध र शिक्षा सेवामा चौथो र पाँचौँ तहमा उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो । कृषि सेवा चौथो तह अन्तर्गत कृषि प्रसार समूह नायब प्राविधिक सहायक पदमा खुलातर्फ २७, महिला […]

प्रदेश १ सरकारले माग्यो २०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ। सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ। जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्। हेर्नुहोस् विज्ञापन