अभियान टिप्पणी : सोसल मिडियाको दर्ता

विद्युतीय सेवा कर (Digital Services Tax) सम्बन्धी कार्यविधि लागू भएसँगै गूगल नेपालको कर कार्यालयमा दर्ता भएको छ । नेपालबाट ठूलो परिमाणमा विज्ञापनमार्पmत यस्ता कम्पनीबाट पैसा विदेशिने तर नेपालले कर प्राप्त गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न कार्यविधि लागू गरिएको हो । यसले अब फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाललाई पनि नेपालमा दर्ता हुन बाध्य पार्ने देखिन्छ । आधिकारिक तथ्यांक नभए पनि विभिन्न Social networking हरूले नेपालबाट वर्षेनि अर्बौं रुपैयाँ विज्ञापनमार्फत लैजाने गरेका छन् । यसलाई नियमन गर्न र करको दायरामा ल्याउन माग बढेपछि सरकारले कार्यविधि ल्याएर यस्ता कम्पनीलाई नेपालमा दर्ता गर्न लगाउने प्रावधान ल्याएको हो । विश्वका धेरै देशमा दर्ता गर्ने गरिए पनि नेपालमा यस्ता कम्पनी दर्ताका लागि नआउने तथा तिनलाई रोक्न नसकिने विश्लेषण भइरहँदा गूगल दर्ता भएपछि अन्य कम्पनी आउन बाध्य हुने अवस्था सृजना भएको छ । दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्न  नपाउने गरी बन्देज लगाएपछि त्यस्ता कम्पनी दर्ता हुन थालेका हुन् । यो सकारात्मक कदम हो । केही Companyले नेपालमै डेटा सेन्टर राख्न इच्छा देखाएको समाचार पनि आएको छ । सरकारले दर्ता हुन आएका कम्पनीलाई डेटा सेन्टर राख्न प्रोत्साहित गर्नु उपयुक्त हुन्छ । दर्ता भएका यस्ता कम्पनीले रू. २० लाखभन्दा बढीको कारोबार गरे २ प्रतिशत विद्युतीय सेवा आयकर लाग्नेछ । २० लाख रुपैयाँभन्दा कमको कारोबारमा भने कर नलाग्ने व्यवस्था छ । सरकारले करको नयाँ क्षेत्र खोजिरहेको सन्दर्भमा google दर्ताले करको क्षेत्र विस्तार गरेको छ । यस्ता सामाजिक सञ्जाललाई नेपालमा दर्ता भएर सञ्चालन हुन बाध्य पारिए राजस्व बढ्न सहयोग पुग्ने देखिन्छ । अहिले राजस्व वृद्धि हुन नसकेको बेला करको दायरा विस्तार हुनु राम्रो हो । राजस्व वृद्धि गर्न कर बढाउने वा करका क्षेत्र विस्तार गर्ने उपाय अवलम्बन गर्न सकिन्छ । तर, नेपालको सन्दर्भमा कर बढाउन सक्ने अवस्था छैन, किनकि दक्षिण एशियाली मुलुकमै नेपाली नागरिकले तिर्ने कर अहिले नै बढी छ । त्यसैले करको दायरामा आउन नसकेका यस्ता समाजिक सञ्जाललाई करको दायरा ल्याउनु अहिलेको आवश्यकता हो ।

सम्बन्धित सामग्री

मधेशमा सांसदलाई सभामुखको रुलिङ- बैठक चल्दा मोबाइल गेम खेल्न बन्द गर्नुस्

कानून कस्तो बनाउने जस्तो गम्भीर विषयमा छलफल चल्दा पनि धेरै सांसदले मतलब नराखेको टिप्पणी बढ्ने गरकेो छ । सांसदहरू कोही मोबाइल गेम (क्यान्डीक्रस) मा व्यस्त हुन्छन्, कोही सोसल मिडिया हेरेर समय काट्छन् ।

फेसबुकका सीईओ जुकरबर्गमाथि ट्रम्पको अश्लील टिप्पणी, अन्तरवार्तामा के भने ?

आफ्ना समर्थक लगाएर संसद भवनमा वितण्डा मच्चाएको आरोपमा प्रमुख सोसल मिडिया प्लाटर्फमबाट प्रतिबन्धमा परेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले पनि सन् २०२३ को जनवरीसम्म प्रतिबन्ध लगाएको छ । ट्वीटरले भने उनीमाथि स्थायी प्रतिबन्ध नै लगाएको छ । तर आफूमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाप्रति ट्रम्प निकै असहिष्णु र कडा रुपमा प्रस्तुत हुने गरेका छन् । हालै […]

लोकतन्त्रको सुन्दरता नै निर्वाचन

केही समयदेखि सञ्चार माध्यम, सोसल मिडिया (सामाजिक सञ्जाल)हरूमा समाजका जिम्मेवार र बौद्धिक ज्ञाता भन्नेहरूबाट राष्ट्रपति पदको गरिमामाथि नै असन्तुष्टि, आरोप र द्वेष फैलाउने किसिमका अभिव्यक्तिहरू आइरहेका छन् । देशको संविधान, ऐन कानूनहरूले राष्ट्रपतिको भूमिकाबारे गरेका व्यवस्थाहरूलाई बेवास्ता गर्दै गरिएका टिप्पणी र लगाइएका आरोपहरूले ‘सेरेमोनियल’ राष्ट्रपतिको भूमिकालाई अवमूल्यन गर्न खोजिएको छ । राष्ट्रपति गरिमामय पद हो । राष्ट्रिय एकताको प्रतीक हो । हरेक नेपालीले राष्ट्रपतिमा आफ्नो बिम्ब देख्नेमात्र होइन कि आफ्नो सन्तान भोलि देशको राष्ट्रपति बन्ने सपना देख्न सक्छन् । हरेक जात, जाति, धर्म, भाषा, संस्कृति, लिङ्ग, वर्ण र वर्गका प्रत्येक नागरिकले आफूलाई राष्ट्रपतिमा देखिरहेका हुन्छन् । त्यसैले राष्ट्रपतिको गरिमा बढ्नु भनेको नागरिककै गरिमा बढ्नु हो ।

ट्विटरमा घातक बहस

मलाई लाग्छ धेरैले यो अनुभूति गर्न थालेका छन् कि सोसल मिडिया मुर्खता पुनर्उत्पादनको माध्यम भइरहेको छ। यहाँ हुने टिप्पणी, प्रतिटिप्पणीले अभिव्यक्ति स्वतन्त्रतालाई बल पुर्‍याउने होइन, बरु अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई नै प्रदुषित बनाउँदैछन्। यो लेख सोसल मिडियाको सीमितता वा नकारात्मक प्रभावलाई व्याख्या गर्ने प्रयास हो। अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले सोसल मिडियाबारे बिबिसीको अन्तर्वार्तामा भनेका छन्-इन्टरनेटमा सबै…

ट्विटरमा घातक बहस

मलाई लाग्छ धेरैले यो अनुभूति गर्न थालेका छन् कि सोसल मिडिया मुर्खता पुनर्उत्पादनको माध्यम भइरहेको छ। यहाँ हुने टिप्पणी, प्रतिटिप्पणीले अभिव्यक्ति स्वतन्त्रतालाई बल पुर्‍याउने होइन, बरु अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई नै प्रदुषित बनाउँदैछन्। यो लेख सोसल मिडियाको सीमितता वा नकारात्मक प्रभावलाई व्याख्या गर्ने प्रयास हो। अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले सोसल मिडियाबारे बिबिसीको अन्तर्वार्तामा भनेका छन्-इन्टरनेटमा सबै…

कान्तिपुर गाथा : अर्थ हराइसकेको सोसल मिडिया :: Pahilopost.com

प्रधानमन्त्री देउवासँगको बीबीसी साझा सवाल कार्यक्रमका बारेमा आफनै स्तम्भकारको टिप्पणी भाइरल भएपछि कनिका दंग परेकी थिइ। उसले यो टिप्पणीको सपोर्टमा…