काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गएराति भेटवार्ता भएको छ।उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको थियो। साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए। सर्वोच्च अदालतले लिखित आदेश माग गरेलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ। अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्